काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा भएको सवारी दुर्घटना २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षीय गुरूचरण चौधरी र १८ वर्षीया कुमकुम चौधरी रहेका छन् । उहाँहरु बाबुछोरी हुन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उहाँहरुको उपचारको क्रममा मृत्युभएको हो । बिहान पौने ७ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र–१–०२–००१ क ३८७९ नम्बरको ट्रक र विपरित दिशाबाट आएको प्र–१–०१–०० च ७४८२ नम्बरको कार एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

घाइते १० वर्षीय विकेश चौधरी, ४० वर्षीया सुजिता चौधरी, ३६ वर्षीया रन्जु चौधरी, १९ वर्षीय रिकेश न्यौपाने र ४० वर्षीया मुना साहको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय