काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका १ झुट्कीस्थित सार्वजनिक पोखरी छेउको केराको घारीमा लुकाइ राखिएको ठूलो परिमाणको गाँजा बरामद गरिएको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) बनैनियाँबाट सशस्त्र प्रहरी निरीक्षक अन्जन जंग शाहको कमाण्डमा १० जनाको टोली परिचालन भएको थियो ।

सोही टोलीले झुट्कीस्थित सार्वजनिक पोखरी नजिक रहेको केराको घारीमा खानतलासी गर्दा कालो प्लास्टिकले छोपेर सेतो बोराभित्र लुकाइ राखिएको अवस्थामा ६ बोरा बेवारिसे प्रतिबन्धित लागुऔषध गाँजाजस्तो पदार्थ फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको पदार्थ नियन्त्रणमा लिई कार्यालयमा ल्याएर डिजिटल तराजुबाट तौल गर्दा ९० वटा पोकामा प्याक गरिएको कुल १७९ किलो ५५० ग्राम गाँजा रहेको पाइएको थियो ।

यता बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी झुट्कीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले गाँजा त्यहाँ कसले लुकाएको हो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय