काठमाडौं । मलेसियामा जारी महिला टी–२० आई सिरिजको फाइनलमा नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । शुक्रबार भएको आफ्नो अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियासँग ६ विकेटले पराजीत भएपनि नेट रनरेटको आधारमा शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपाल तीन खेलमा २ मा जीत र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपालको नेटरनरेट ० दशमलव ८५३ छ । नेपालले दुई खेलमा कुवेत र हङकङलाई हराएको थियो । हङकङ तीन खेलमा २ मा जीत र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । हङकङको नेट रनरेट ० दशमलव १९२ छ ।



तेस्रो स्थानको लागि मलेसिया र कुवेतबीच पनि प्रतिस्पर्धा हुँदैछ ।



