काठमाडौं । टी–२० विश्वकपमा बंगलादेशले श्रीलंकालाई २ विकेटले हराएको छ । शनिबार विहान भएको खेलमा समूह डीमा रहेको श्रीलंकाले दोस्रो हार बेहोरेको हो ।
श्रीलंकाले बंगलादेशलाई जीतका लागि एको १२५ रनको लक्ष्य १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । जीतको लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए ।



यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेटको क्षतिमा १२४ रन बनाएको थियो ।



