बाँके जिल्लाको डुडुवा गाउँपालिका–२ स्थित बेतहनीमा दुर्घटना हुँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार अपराह्न साढे ३ बजेतिर पानी बोक्ने ट्यांकरले दुई बालक विशाल गोडिया र शिवकुमार गोडियालाई ठक्कर दिंदा उनीहरुको ज्यान गएको हो ।
स्थानीयले दुबै बालक बेतहनीको नौरीगढी एकेडेमीका छात्र रहेको जनाएका छन् । उनीहरु दुबै जना स्कुलबाट घर फर्किदै गर्दा दुर्घटना भएको जनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार बालकहरू ठक्करबाट सडकमा लडेको र चिच्याउँदै गर्दा ट्यांकरले उनीहरूलाई पुनः आएर किचेको जनाएका छन् ।



प्रहरीले दुबै बालक अन्दाजी ९ र १० वर्षका सहोदर दाजुभाइ रहेको जनाएको छ । घटनापछि आक्रोशित स्थानीयले ट्यांकरमा आगजनी गरेका छन् भने प्रहरी चौकी अगाडी नाराबाजी समेत गरेका थिए ।
प्रहरी र स्थानीयबीच झडपपछि स्थिति तनावपूर्ण बनेको छ ।



