पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ को भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको मेची राजमार्ग अन्तर्गत हिलिहाङको भारपामा ट्याक्टरबाट खसेर विद्यालय जाँदै गरेका दुई बालिकाको मृत्युभएको हो । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी १३ वर्षीया पुजना र ९ वर्षीया गंगा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ट्याक्टरको डाईभर सिटको छेउमा रहेका दुई बालिका ट्याक्टरबाट खसेपछि ट्याक्टरले किचेर मृत्यु भएको प्रहरी निरीक्षक दिवस कुवँरले आवर न्यूज क्रियुलाई दिनुभयो ।
त्यस्तै ट्याक्टरको डालीको बालुवामाथि बसेका अन्य दुई जना विद्यार्थी पनि घाईते भएका छन् । घाईतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भईरहेको छ । हेवाखोलाबाट बालुवा बोकेर सल्लेरी जाँदै गरेको ट्याक्टरमा ११ जना विद्यार्थी चढेका थिए । तीब्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ । ट्याक्टरका चालक र सह–चलाक भने फरार छन् । उनीहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय