काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सामाजिक संजालमा व्यंग्य गर्दै नेपाललाई अमेरिकाभन्दा राम्रो छ भन्ने महशुस गराइदिएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिनुभएको छ ।

अमेरिका राष्ट्रपति ट्रम्पले नेपाललाई दिईदै आएको अनुदान रोक्ने निर्णय गरेपछि बिहीबार मध्यरातमा प्रमुख साहले डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिनुभएको छ । उहाँले नेपाली नागरिक देश छाडेर गएकाले गरिब भएको र अमेरिकी नागरिक अल्छी भएकाले गरिब भएको टिप्पणीसमेत गर्नुभएको छ ।

उहाँले डीभीबाट फैलाइरहेको दासत्व बन्द गरेर अरु देशलाई स्वतन्त्ररूपमा अघि बढ्न दिन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय