काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति पौडेलले ट्वीटरमार्फत ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेकोमा बधाई दिनुभएको हो ।
साथै पौडेलले ट्रम्पको सफल कार्यकालको पनि कामना गर्नुभएको छ । ट्रम्पको दोस्रो कार्यकालमा नेपाल–अमेरिकाबीचको सम्बन्ध अझ प्रगाढ हुनेमा पौडेलले विश्वास लिएका छन् ।






