काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित हुनु भएको छ ।
ट्रेड युनियन कांग्रेसको काठमाडौमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट कुँवर अध्यक्षमा निर्वाचित हुनु भएको हो । कोइराइला समूहका उम्मेदवार महेन्द्र यादवलाई ६५ मतले पछि पार्दै संस्थापन पक्षका उम्मेदवार कुँवर निर्वाचित हुनु भएको हो । कुँवरले ४ सय ४१ मत ल्याउँदा यादवले ३ सय ७६ मत पाउनुभयो ।




महासचिवमा अजयकुमार राई निर्वाचित हुनु भएको छ । राईले ४ सय ६४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी डीपी अर्यालले ३ सय ३७ मत ल्याउनु भयो । राई कोइराला समुहका हुनुहुन्छ । वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रविक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे, कोषाध्यक्षमा सञ्जयकुमार दाहाल निर्वाचित हुनु भएको छ ।



