काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
सामाखुशीको बसुन्धरादेखि म्हेपीसम्म ढल निर्माणको ठेक्का खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।



परियारसँगै रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र सहायक निर्देशक उत्तम दाहाललाई समेत आरोप पत्र दायर भएको छ ।
अख्तियारले प्रस्तुत गरेको प्रतिवेदन अनुसार, गलत मूल्याङ्कन, कानुनी प्रक्रिया उल्लङ्घन र बदनियतका कारण सार्वजनिक सम्पत्तिमा ठूलो हानी पुगेको उल्लेख गरिएको छ ।



