डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले थालेको आन्दोलन जारी छ । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइ आन्दोलन गरिरहेका छन् ।सरकारले माग पूरा नगरे आईतबारबाट सडकमै बिरामी जाँच्ने आन्दोलनरत डाक्टरले बताएकाछन् ।
डाक्टरहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर निषेधित क्षेत्र सम्म पुगेर पाच दिनदेखि आन्दोलन जारी राखेपनि सरकारले कुनै सुनुवाइ गरेको छैन । डाक्टर गाउँ गाउँमा गएन सरकारी हस्पिटलमा बिरामीले सेवा पाएन भन्ने कुरामा देशका प्रधानमन्त्रीलाई बाहिर घुम्न ठिक्क छ, यसबारे वास्ता नभएको आन्दोलन पनि पाँचौ दिनमा प्रवेश गरिसकेको शनिबार प्रधानमन्त्री फर्किने कार्यक्रम भएको हुदा एकपटक वार्तामा बस्ने आन्दोलनरत डाक्टरले बताए ।



डाक्टरलाई कार्यकक्षमा कुट्ने अपराधीलाइ अहिले कार्वाही नभएको अहिले पनि पोखरा अस्पतालमा बसेर ढुक्कसँग काम गर्ने वातावरण नभएको हुदा त्यो वातावरण नभएसम्म काम गर्न नसक्ने आन्दोलनरत डाक्टरले बताए ।
सरकारले अपराधीलाई कार्वाही गर्नुको बदला अहिले राजनीति दाउपेचको लागि आफ्नो सरकारलाई टिकाइ राख्नका लागि सर्वोच्च अदालतले ज्यानको सजाय भोगेका जेलमा बसिरहेका ब्यक्तिलाई संविधान दिवसको दिन धमाधम छोडेको कारणले अपराधीलाई समाजमा मनोवल भने बढेर गएको छ । अस्पतालमा कार्यरत डाक्टर दिनदाहदै कुटपिट हुदा समेत सरकारले अपराधीलाई कार्वाही गर्ने हिम्मत नगरेको कारणले अहिले डाक्टर आन्दोलनमा छन् ।
केही दिनअघि पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट भएको थियो । यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो ।
दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर, हिजो फेरि डाक्टरमाथि कुटपिट भएपछि डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा निस्किएका हुन् ।
सरकारले माग पूरा नगरेको खण्डमा आइतबार देखि बानेश्वर चोकमा बसेर बिरामीको उपचार गर्ने आन्दोलनरत डाक्टरहरूको कार्यक्रम छ ।डाक्टरको आन्दोलनको कारणले सरकारी अस्पताल र निजी अस्पतालमा उपचार गर्न जाने बिरामी भने आन्दोलनको मारमा परेका छन् ।



