कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा तपेश्वरलाल कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु (छोरी) निस्सन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको प्रमाणीत भएको छ ।

डा. कर्णले भोजपुर हतुवागढी ४ घर भएका २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीया युवतीको सम्बन्धबाट असार १४ गते ग्रिनक्रस अस्पतालमा सामान्य रुपमा जन्मिएकी शिशुलाई मोरङको काटहरी गाउँपालिका २ आर्दश टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको प्रमाणीत भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिएकाछन् ।

डा.कर्णसँग उक्त शिशु खरिद गर्ने दम्पती मंगलबार शिशुसहित मोरङ प्रहरीमा उपस्थित भएका थिए । बच्चा खरिद गर्ने सूर्यनारायण, आमा दिलमाया, दिदी सुधा राजवंशी र डा कर्णका सहयोगी निर्मला यादव निरु लाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

यसैबीच शिशु बिक्री गर्ने डा कर्णलाई पनि मंगलबार प्रहरीले हिरासतमा लिएको छ । उनी गत शुक्रबार प्रहरीले नियन्त्रण लिने प्रयास गर्दा बिरामीको बहाना गरेर कोशी अस्पतालमा भर्ना भएका थिए । अस्पतालले मंगलबार डिस्चार्ज गरेपछि उनलाई पनि हिरासतमा लिएको प्रहरीले बताएको छ ।

डा.कर्णले ग्रिनक्रस अस्पतालको ओटी विभागमा कार्यरत सुधा राजवंशी मार्फत उक्त शिशुलाई बिक्री गरेको खुलेको हो । शिशु खरिद गर्ने निस्सन्तान राजवंशी दम्पती सुधाका नातेदार रहेको पाइएको छ । डा.कर्णले विगतमा पनि त्यस्ता शिशु बिक्री गरेको सुनेको थिएँ । मैले पनि त्यस्तो बच्चा फेला परे आफूलाई दिन डाक्टर कर्णसँग आग्रह गरेको थिएँ, सुधाले भनिन्, असार १४ गते डा.कर्णले फोन गरेर बच्चा लिने हो भने पछि मैले लिने हो भनेँको उनले बताइन । अनि त्यसैदिन ५ लाख रुपैयाँ दिएर भाइ बुहारीका लागि यो शिशु लिएको हुँ उनले बताईन ।

उनका अनुसार भाइ बुहारीको विवाह भएको दशक बित्दा पनि सन्तान नभएपछि उक्त शिशु खरिद गरेकी थिइन् । उनले पाँच लाख रुपैयाँमा डा। कर्णकी असिस्टेण्ट निर्मला यादव (निरु) मार्फत कर्णलाई दिएको बताएकी छन् ।

 

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय