काठमाडौं – डिशहोमका सक्रिय डीटीएच तथा आईपीटीभी ग्राहकले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का खेलहरू थप शुल्कबिना एचडी गुणस्तरमा हेर्न पाउने भएका छन्। डिशहोमका अनुसार ग्राहकले हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सिलेक्ट–१ र स्टार स्पोर्ट्स सिलेक्ट–२ च्यानलमार्फत प्रतियोगिताका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। यसका लागि ग्राहकले नियमित सदस्यता शुल्कबाहेक कुनै अतिरिक्त रकम तिर्नुपर्ने छैन।

कम्पनीले यस सुविधाले ग्राहकलाई घरमै बसेर नेपाली क्रिकेटको रोमाञ्चकता र प्रतिस्पर्धाको आनन्द लिन सहज बनाउने जनाएको छ। यो सुविधा उपयोग गर्न ग्राहकको डिशहोम डीटीएच वा आईपीटीभी सदस्यता सक्रिय रहेको हुनुपर्नेछ। सदस्यताको अवधि समाप्त भएका ग्राहकले खल्ती वा ईसेवामार्फत सदस्यता नवीकरण गरी खेल हेर्न सक्नेछन्। कम्पनीका अनुसार एकै दिन दुई खेल आयोजना हुने दिनमा खेलहरू दिउँसो १२:३० बजे र साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुनेछन्।

सक्रिय सदस्यतामार्फत थप शुल्कबिना एनपीएलका खेल हेर्न सकिने भएपछि डिशहोमका ग्राहकले नेपाली क्रिकेटको प्रतिस्पर्धा घरमै बसेर एचडी गुणस्तरमा हेर्न पाउने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय