डिसिए धनगढीलाई पराजित गर्दै सिवाइसी अत्तरिया अर्जुन ट्रफीको फाइनलमा प्रवेश गरेको छ। धनगढीलाई ६ विकेटले हराउँदै अत्तरियाले उपाधिका लागि फ्रेन्ड्स युथ क्लब डडेलधुरासँग उपाधि भिडन्त पक्का गरेको हो। धनगढीले दिएको १०९ रनको लक्ष्य पछ्याएको अत्तरियाले १२ बल बाँकी रहँदा चार विकेट गुमाएर ११४ रन बनायो। अत्तरियाका शंकर रानाले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए। दीपेश कँडेल २४ र भीम सार्की १६ रनमा आउट हुँदा विवेककुमार यादव १२ रनमा अविजित रहे। धनगढी हिक्मत महराले दुई तथा ललितनारायण राजवंशी र भोजराज भट्टले एक(एक विकेट लिए।

त्यसअघि कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको धनगढीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०८ रन बनायो । धनगढीका मिलन बोहराले सर्वाधिक २८ रन बनाए। अभिषेक पल २७, दीपेन्द्रसिंह ऐरी १५, राहुल भण्डारी १३ र लोकेश बम ११ रनमा आउट भए । अत्तरियाका विवेककुमार यादव र कमल गुप्ता समान दुई विकेट लिए। राशिद खान, दीपेश कँडेल र शहब आलमको नाममा समान एक विकेट लिए। फाइनल खेल भोलि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय