काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ ले डेंगु रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेबाट मानिसमा सर्ने डेंगु रोग रोगथामको लागि वडाले लामुखुट्टेको लार्भा नष्ट अभियान चलाएको हो । गत वैशाखको अन्तिम साता देखि धरानमा देखा परेको डेंगुको संक्रमण क्रमिकरुपमा फैलदै गएपछि चन्द्रागिरि नगरपालिका वडा नम्बर सातले डेंगुसम्बन्धी जनचेतना मुलक कार्यक्रमलाई प्राथमिकतामा राखेको हो । वडा अध्यक्ष शम्भु केसीले मनसुन सुरु भएकोले डेंगुको प्रकोप थप चुनौतीपूर्ण बन्न सक्ने भएकाले आ–आफ्ना घर वरिपरि खाल्डाखुल्डीमा जमेको पानी पुर्न, लामखुट्टेको लार्भा नष्ट गर्न, घरवरपर सफा राख्न आग्रह गर्नुभयो ।

अध्यक्ष केसीले लामखुट्टे नियन्त्रणको लागि वडा बासीले मेसिनबाट फगिङ गर्न सुझाव दिएपनि आफुले त्यसको प्रयोग नगर्ने बताउनु भयो । फगिङ गर्दा लामखुट्टे नियन्त्रण त होला तर विशेष गरी बृद्धबृद्धा र बालबालिकालाई श्वासप्रश्वासमा गम्भीर असर गर्ने उहाँ बताउनु हुन्छ । विश्व स्वास्थ्य संगठनले फगिङ (विषाक्त धुँवा छोड्ने) गर्दा मावन स्वास्थ्यमा प्रतिकूल हुने भएकाले यसलाई पूर्णरुपमा बन्देज गरेकोले पनि आफुले यसलाई प्रयोग नगर्ने स्पष्ट पार्नुभयो । वडाका केही व्यक्ति बाहेक सम्पूर्णलाई डेंगुको बारेमा ज्ञान भएको र त्यसको रोकथामका लागि व्यवहारमा उतार्न नसक्दा थप चुनौति बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

पहिलो दिन वडा कार्यालय हुँदै घुमाउनेसम्म यो अभियान सुरु गरिएको छ । आजबाट सुरु गरिएको अभियान एक हप्तासम्म संचालन हुनेछ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय