भनिन्छ नि एक झुट छोप्न हजार झुटको साहारा लिुनपर्छ भने जस्तै भएको छ, प्रभु बैकमा ।प्रभु बैकका सीइओ अशोक शेरचनकै यस्तै जालझेल र षडयन्त्रमा बैक लथालिंग मात्रै भएको छैन, बैकका डेप्टी सीइओ मनोज न्यौपानेलाई प्रहरी खोरमा पुराउन उनै सीइओको चलखेल भएको चर्चा चुलिएको छ।

प्रभु बैकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ पर्नुको थप रहस्य उजागर भएको छ, जहाँ उनै डेपुटी सीइओ न्यौपानेलाई प्रहरीको खोरमा पुराउन उनै प्रभु बैकका सीइओ अशोक शेरचन नै लागेको खुलासा भएको हो । २०७९ पुस २६ गते सेन्चुरी बैकसंग मर्जपछि बैकभित्र अशोक शेरचनले आफ्नो एकल प्रभुत्व कायम गर्न यस्तो षडयन्त्र गरेको सर्वत्र चर्चा चुलिएको छ। यस विषयमा हामीले प्रभु बैकका सीइओ अशोक शेरचनलाई सम्पर्क ग¥यौ, हामीले सम्पर्क गर्दा उनले कल रिसिभ गरेनन्, बरु कृपया मेसेज गर्नु भन्दै सन्देश पठाए, यो हेर्नुहोस्।

उनको सन्देशपछि पनि हामीले पटक पटक फलो गर्दै गयौ,तर प्रभु बैकका सीइओ अशोक शेरचनले कुनै रेस्पोन्स गरेनन्। आफूमाथि प्रश्न उठेपछि त्यसको जवाफ दिनु दायित्व हो, सार्वजनिक पदमा बस्ने जोकोहीको पनि । तर, त्यो पदीय मर्यादालाई पनि उनी ख्याल गरेनन् बरु, हाम्रो प्रश्नको जवाफ दिनुको साटो उनी भाग्दै आएका छन्। विश्वास दिन्छौ, विश्वास लिन्छौ भन्ने लोकपृय विज्ञापन प्रचार गरेर प्रभु बैकमा तीन कार्यकाल राज गरेका मानिस हुन् प्रभु बैकका सीइओ अशोक शेचरन । डिपुटी सीइओ मनोज न्यौपाने प्रहरी खोरमा हावा खाइरहेका छन् भने प्रभु बैकका यीनै सीइओ अशोक शेरचन मुद्दाको भारी बोकेर प्रभु बैकको संस्थागत विकास गर्छु भनिरहेका छन्। बैकभित्रका यस्ता दर्जनौ विकृतिले अस्तव्यस्त छ, प्रभु बैक जस्को परिणाम विस्फोट भएको हो भन्छन्, अर्थविद् ज्ञानेन्द्र अधिकारी ।
यो हेर्नुहोस्।

हो, अर्थविद् ज्ञानेन्द्र अधिकारीले भने जस्तै बैकभित्रको चरम बेथिति र कुशासनको विस्फोट भएको हो । त्यो विस्फोटको संकेत हो, प्रभु बैकका डेपुटी सीइओ मनोज न्यौपाने सहितका मानिसहरु प्रहरी खोरमा पुग्नुको कारण पनि । यतिमात्रै होइन, त्यही प्रभु बैकका सीइओ अशोक शेरचन मुद्दाको भारी बोकिरहेका छन् । उनीमाथि मर्जको आवरणमा बैक तथा वित्तीय संचालन ऐन २०७३ विपरीत तेश्रो कार्यकाल सीइओ भएको र जानकी मेडिकल कलेजलाई अढाइ अर्ब ऋण दिएको आरोप छ । उनीविरुद्ध अर्बाै रुपैया ऋण प्रवाहमा अपचलन गरेको भन्दै राष्ट्र बैक हुँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीसम्म पुगेको छ। यसरी जथाभावी पहुँचका आधारमा ऋण दिने प्रवृत्तिले प्रभु बैक पनि संकटको डिलमा पुगेको संकेतहरुले देखिन थालेका छन् । बैकभित्र चुलिदै गएको संकटको कारण मर्जको साइड इफेक्ट र स्वार्थ हो भन्छन्, बैकर्स राजु नेपाल । यो हेर्नुहोस्।

पक्कै पनि बैकर राजु नेपालले भने जस्तै एउटा कारण मर्जरको साइड इफेक्ट र व्यक्तिको स्वार्थ नै हो । मर्जरभित्र लुकेको यही स्वार्थका कारण प्रभु बैक धराशायी भएको हो, त्यसको खराब संकेत देखिएको छ, रुकुमपश्चिमका एक शाखामा शाखा प्रबन्धकले सर्वसाधारणको रकम हिनामिना गरेको भन्दै प्रभु बैकविरुद्ध प्रहरी र स्थानीय प्रशासनमा निवेदन दिएका थिए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय