काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी क्षेत्रमा अवैध रूपमा जडीबुटी संकलन गर्ने चार जना पक्राउ परेका छन् । नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त टोलीले गरेको कारबाहीमा ठूलो परिमाणको जडीबुटी सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

त्रिपुरासुन्दरी–१, त्रिपुराकोट क्षेत्रमा छापा मार्दा करिब ३५ क्विन्टल पदमचाल नामक जडीबुटी र दुई वटा ट्याक्टर बरामद गरिएको जनाइएको छ । उक्त कारबाही नेपाली सेनाको टोली र निकुञ्जका कर्मचारीको सहकार्यमा गरिएको थियो । पक्राउ पर्नेमा स्थानीय तथा अन्य जिल्लाका चार जना रहेका छन्, जसमा दुई जना सवारी चालक समेत छन्। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि निकुञ्ज प्रशासनको जिम्मा लगाइएको छ ।

उनीहरूले अनुमति बिना निकुञ्ज क्षेत्रभित्रबाट जडीबुटी संकलन गरी बाहिर लैजान खोजिरहेका थिए । सम्बन्धित निकायले पछिल्लो समय यस क्षेत्रमा केही जडीबुटी संकलनमा कडाइ गरिएको छ । विशेषगरी जठामसीमा प्रतिबन्ध लगाइएको छ भने अन्य जडीबुटी संकलन पनि अध्ययन र अनुमति प्रक्रिया पूरा गरेपछि मात्र गर्न पाइने व्यवस्था रहेको छ ।

अवैध संकलन र ओसारपसार रोक्न सुरक्षा निकायले निगरानी थप कडा बनाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय