काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ ।

बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभामा राख्नुभएको विश्वासको मत माग्ने प्रस्तावमा शुक्रबार भएको मत विभाजनमा उहाँ अल्पमतमा पर्नुभएको हो । अल्पमतमा परेसँगै उहाँ नेतृत्वको सरकार ढलेको हो । मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो ।

पक्षमा एमालेका ४० र राप्रपाका ६ सांसदले मतदान गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्दा एक सिट रहेको जनता समाजवादी पार्टी (जसपा) भने मतदानमा सहभागी भएन । प्रदेश सभामा कांग्रेसको २९, माओवादीको (सभामुखबाहेक) १२ र एकीकृत समाजवादीको ४ जना सांसद रहेका छन् ।

मंसिर ४ को निर्वाचनपछि एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि प्रदेशहरूमा सोहीबमोजिम सरकार गठन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय