काठमाडौं । आइतबार राति चन्द्रागिरि नगरपालिकाको ढुंगेअड्डामा भएको सवारी दुर्घटनामा घाइते भएका ५० वर्षीय मुक्ति नारायण श्रेष्ठको सफल शल्यक्रिया भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिएको थियो ।

श्रेष्ठको उपचारमा संलग्न वरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा.दिपक श्रेष्ठले थानकोट घर भएका मुक्तिनारायण श्रेष्ठको हात र खुट्टामा गम्भीर चोट लागेको र सोमबार उहाँको सफल शल्यक्रिया गरिएको बताउनु भयो । शल्यक्रियापछि श्रेष्ठको अवस्था सामान्य रहेको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका अर्का व्यक्ति धीरेन्द्र भियाललाई उपचारको लागि सहिद अस्पतालमा बेलुका ९ बजे पुर्याइएको थियो । हुम्ला घर भएका २२ वर्षीय भियालको अस्पताल ल्याउनु अघि नै बाटोमै मृत्युभइसकेको चिकित्सकले जानकारी दिएका छन् ।

आइतबार राति करिब ८ बजेर २५ मिनेटमा कलंकीदेखि थानकोटतर्फ आउँदै गरेको ना. ६ ख ८६७४ नम्बरको ट्रक, बा.प्र. ०२–०४० प ४९५७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा.६३ प २०७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय