राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्दै जिम्मेवारी तोक्नुभएको हो । न्यौपाने राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक समेत हुनुहुन्छ ।



घुस डिलसम्बन्धी प्रकरणमा मुछिएपछि आज राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । मन्त्री गुप्ता र बिचौलियाबिच कास्की मालपोत अधिकृतको सरुवा रोक्न र भूमि आयोगको अध्यक्ष नियुक्ति गर्न मोलमोलाइ गरेको भनिएको अडियो सार्वजनिक भएको थियो ।यद्यपि मन्त्री गुप्ताले भने उक्त अडियो आफ्नो नभएको प्रतिक्रियासहित बचाउ गर्दै आउनुभएको छ ।



