पाँचथर– मेची राजमार्ग अवरुद्ध भएपछि तराईसँग सडक सम्बन्ध टुटेका पाँचथर, ताप्लेजुङका बासिन्दाका लागि महत्पूर्ण रहेको तमोर करिडोरको सडक खुलाउने काममा ढिलाई भएको छ । धनकुटादेखि मुलघाटदेखि पाँचथरको सरखण्डे खण्डको बाटो सञ्चालनमा नल्याउदा यो क्षेत्रका बासिन्दा समस्या छन् । यो खण्डमा सडक कालोपत्रे गर्ने र पुल निर्माण गर्ने सरकारी निकाय फरक फरक फर्दा समन्वयमा समस्या देखिएको छ । सडक तमोर सडक आयोजना धरान र पुल पुल सेक्टर कार्यालय इटहरीले बनाईरहेको छ । पुल आसपासको क्षेत्रमा विग्रिएको पुल सेक्टरबाट ठेक्का लागेकाले सोही ठेक्केदारले बनाउने पर्ने र सडकको छुट्टै ठेकेदारले बनाउनु पर्ने भएकाले प्रभावकारी समन्वय देखिएको छैन् ।



पूर्वी पहाडबाट धरानसम्म जाने छोटो सडक भएपनि खोलामा पुल नहुँदा समस्या छ । चारदिन वित्तिसक्दापनि सडक सूचारु हुन सकेको छैन् । गाडी नचल्दा पेट्रालियम पदार्थको अभाव देखिएको छ भने विरामीलाई अस्पताल लैजान समस्या छ । बाटो कहिले खुल्ला भनेर धेरैले चासो राखिरहेका छन् । मेसिन परिचालन भईसकेकाले भोली विहान सम्ममाबाटो बनाई सक्ने सडक आयोजनाका प्रमुख मनिषमान शाक्यले जानकारी दिए । चतरादेखि पाँचथरको दोरीम्बासम्मको सडक भएपनि हाल मुलघाट–फिदिम खण्डमा गाडी सञ्चालन हुन्छ । यो सडक ४० किलोमीटर कालोपत्रे भएको छ ।
खोला क्षेत्रमा भएको अवरोध हटाउन लागि जनशक्ति परिचालन गरिएको पुल सेक्टर इटहरीका इन्जिनियर नविन शाहाले जानकारी दिए । खोलामा बाढी आएर समस्या छ । पुल नभएकाले गाडी खोलाबाटै सञ्चालन गर्नु पर्ने बाध्यता छ । नावा, छरुवा जस्ता खोलामा बढि समस्या छ । आठवटा पुल निर्माणका लागि ठेक्का लगाइएको सम्झौता मिति सकिदापनि पुलको कामको प्रगति न्यूत रहेको छ ।
पुल बनाउनका लागि ७७ करोड बजेटमा ठेक्का लागकेो छ । पुलको ठेक्का सम्झौता सकिएका छन् भने कतिपयको म्याद थपिएको छ । हेवा, लोरिपा, लखुवा खोलाको प्रगति सुन्य रहेको छ । नावा, छरुवा रघुवा जस्ता खोलाको पुल बनाउने कामले राम्र गति लिएको छैन् ।



