काठमाडौं । महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला हुने काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
तलेजु भवानीलाई हिजै फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने गरिन्छ ।



मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिन्छ ।



