ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेत्र प्रसाद शर्मालाई ज्यान मार्ने धम्की दिने आन्दोलनकर्मी प्रदिप मादेन (नानी) पक्राउ परेका छन्। मादेनले १२ माघको झडप पछि प्रजिअ शर्मालाई फोनमार्फत गाली गर्दै “अब युद्ध सुरु भएको” र “सिडिओ सुरक्षित छैन” भनेर धम्की दिएका थिए।
प्रहरीले मादेनलाई आज बिहान नियन्त्रणमा लिएको पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रवि रावलका अनुसार मादेनले प्रजिअ शर्मालाई फोनमार्फत धम्की दिएकोले उनलाई पक्राउ गरिएको हो।



घटना पछि, प्रहरीले मादेनको पक्राउलाई ज्यान मार्ने धम्कीको अपराधमा लिएको जनाएको छ।



