ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणको विरोधमा उत्रिएका आन्दोलनरत समूहले सात दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आन्दोलनरत समूहले गत आइतबार बेलुकीसम्म सरकारलाई उच्चस्तरीय वार्ता समिति गठन गर्न अल्टिमेटम दिएको थियो ।

सरकारले आन्दोलनकारीहरुको विषयमा गम्भीरता नभएको आरोप लगाएका छन् । आन्दोलनकारी समूहले सरकारसँग भएको दुई चरणको वार्ता विनानिष्कर्ष टुंगिएपछि संघीय गृहमन्त्रीलाई वार्ता गर्न आउनुपर्ने अडान राखेका छन् ।

आज जारी गरेको विज्ञप्तिमा आन्दोलनरत समूहले सरकारलाई निष्क्रिय भएको आरोप लगाउँदै ७ दिनसम्म ७ वटा विरोधका कार्यक्रम घोषणा गरेको छ । यस्ता कार्यक्रममा आइएमइ समूहको बहिष्कार, फुङलिङ नगरपालिका घेराउ, अनिश्चितकालिन यातायात बन्द र आमहड्ताल जस्ता कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय