ताप्लेजुङको पाथिभरा मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सरकारले वार्ता टोली गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा यस टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र शहरी विकास मन्त्रालयका प्रतिनिधिहरू समावेश छन्।

वार्ता टोलीले तत्काल कार्य शुरू गरी आन्दोलनरत पक्षलाई आन्दोलन स्थगित गरी संवादमा बस्न आग्रह गरेको छ। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले यस विषयमा स्थानीय सरोकारवालाका सवालहरूलाई गम्भीरतापूर्वक लिँदै समन्वय र सहजीकरण गरिएको जानकारी दिनुभयो। केवलकार निर्माणको विषयमा उठेका विवादहरू शीघ्र समाधान हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय