काठमाडौंको तारकेश्वरमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले दिएको जानकारी अनुसार तारकेश्वर नगरपालिका ६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु ज्यान गएको हो। बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको एसएसपी भट्टले जानकारी दिए। मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ। बसमा सवार एक यात्रु समेत घाइते भएकी छन्।






