काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ६ ले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा १८ जनाले सहभागिता जनाएका थिए ।

तीजको सांस्कृतिक महत्व र महिलाको भूमिका विषय दिइएको प्रतियोगिताका सहभागीहरुलाई आफ्नो भनाइ राख्न पाँच मिनेटको समय दिइएको थियो । तीन जना निर्णायक मण्डल रहेको वक्तृत्वकलामा रक्षा अवस्थी प्रथम, जमुना गिरी द्वीतीय र रमा सुवेदी तृतिय भएका छन् । प्रथम हुनेलाई पाँच हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी सहभागी मध्ये दुई जनालाई सान्त्वना पुरस्कार स्वरुप एक–एक हजार रुपैयाँ प्रदान गरिएको थियो भने सबै सहभागीहरुलाई प्रमाण पत्र दिइएको थियो ।

कार्यक्रममा चन्द्रागिरि–६ का अध्यक्ष सञ्जय सिग्देलले तीजमा देखिएको विकृतिलाई कम गर्ने र महिलाको नेतृत्व विकास गर्न कार्यक्रमले सहयोग गर्ने बताउनु भयो । साथै उहाँले नगरपालिकाले छुट्याएको दुई लाख रुपैयाँबाट कार्यक्रम सञ्चालन गरिएको जानकारी पनि दिनुभयो । उहाँले उक्त विनियोजित बजेटबाट वक्तृत्वकला र तीजको ब्रतको दिन चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा हुने कार्यक्रममा खर्च गरिने बाँकी रहेको रकम नगरपालिकामै फिर्ता गरिने पनि बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाकी कार्यबाहक प्रमुख बसन्ती श्रेष्ठ, सामाजिक शाखा प्रमुख रश्मी श्रेष्ठ, वडाका जनप्रतिनिधिहरुलगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय