काठमाडौं । १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भएको छ । तीन दिन देखि भृकुटी मण्डपमा जारी नाडा अटो शोमा ७८ हजार ५ सय १३ जनाले अवलोकन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरू भएको अटो शोको पहिलो दिन गत मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेका थिए । दोस्रो दिन बुधबार २८ हजार ९ सय ७८ जना र बिहीबार २९ हजार ८ सय २९ जनाले अवलोकन गरेका थिए ।

आउँदो आइतबारसम्म हुने अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन् ।

अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कार साथै एक दर्जन ऐतिहासिक गाडी )(भन्टेज कार) राखेर भिन्टेज मोटर शो पनि भएको छ ।

नाडा अटो शोमा १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएको नाडाका केन्द्रीय सदस्य सुनिल रिजालले बताउनु भयो । नाडा अटो शोमा १२ वटा भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय