काठमाडौं । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको तीर्थयात्री बोकेको बस बुधबार राति दुर्घटना भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा बस दुर्घटनाबाट ७ जनाको मृत्यु भएको हो । मृत्यु हुने चार महिला र तीन पुरुष रहेका छन् । तीर्थयात्री मध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १ सय मिटर दक्षिण तर्फको खोलामा खसेको थियो ।



दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।



