काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले थाई एयरवेजको उडानमार्फत नेपाल आएका उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थाई एयरवेजको उडान नम्बर टिजी ३०९ बाट थाइल्यान्डको बैंकक हुँदै नेपाल आएका दुई भारतीय महिलाको शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनीहरूको सुटकेसभित्र लुकाइराखिएको चार किलो गाँजा बरामद भएको हो ।

पक्राउ पर्नेमा भारत मणिपुर निवासी २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट लागुऔषध गाँजा चार किलो, दुई थान राहदानी र दुई थान मोबाइल फोनसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय