काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ परेका छन् । कतारको दोहाबाट आएका झापाका खगेन्द्र दर्जीलाई विशेष सूचनाको आधारमा तरल रुपमा ल्याएको आधा किलो सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

बरामद भएको सुन दर्जी आफैले ल्याएको वा उनी भरिया मात्रै हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय