काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी सुन चोरी गर्न खोज्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय डिकबहादुर राउत छन् । जो सुनगाभा सगरमाथा सर्भिस प्रालि मार्फत विमानस्थलमा सरसफाइमा खटिएका थिए ।
विमानस्थल प्रहरीले उनलाई विमानस्थलको डस्टबिनको फोहरबाट सुन निकालेर बाहिर लैजान लागेको अवस्थामा पक्राउ गरेको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिएका छन् ।



सिलवालले फोहरको पोको स्क्रिनिङ गर्दा ४.४ ग्राम सुन फेला परेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।



