काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ७ र ८ लाई जोड्ने सोप्याङखोला पुलको भाग भासिएको छ ।
पुलको भाग भासिएपछि अहिले उक्त क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ । सोप्याङ खोलामा नयाँ पुल पनि निर्माण भइरहेको छ । पुरानो पुल भासिनुको कारण नयाँ पुल निर्माणको क्रममा भएको अनुमान गरिएको छ । प्रहरी र स्थानीयहरुले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन् ।






