काठमाडौं । महानगर यातायात प्रालिले थानकोटको केबलकार स्टेसनबाट भोलिबाट धुलिखेलसम्म नयाँ बस सेवा सञ्चालन गर्ने भएको छ ।
महानगर यातायातका सचिव केशव नेपालले ४० वटा बस धुलिखेलका लागि छुट्ने बताउनु भयो । उहाँले चन्द्रागिरि केबलकार स्टेसनबाट छुटेको बस धुलिखेल अस्पतालसम्म पुग्ने जानकारी दिनुभयो । काभ्रे–काठमाडौं नगर बससँग सहकार्यमा चल्ने यो बस सेवा आधा घण्टाको फरकमा उपलब्ध हुनेछ ।



धुलिखेल र चन्द्रागिरि केबलकार स्टेसनबीचको दूरी ४० किलोमिटर रहेको छ । नयाँ बस सेवा सुरु भएपछि आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने व्यवसायीहरूको अपेक्षा छ ।



