काठमाडौं । थानकोट–चन्द्रागिरि भन्ज्याङ पदमार्ग नगरपालिकाको पर्यटन क्षेत्रमा नयाँ कोसेढुंगा सावित हुने चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले बताउनु भयो ।
नगरप्रमुख गिरीको सचिवालयले पदमार्ग अन्तर्गत सिंढी, विश्रामस्थल, पुल, रेलिंङलगायत अन्य पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको आवर न्यूज क्रियूलाई जानकारी दिएको हो । सचिवालयले आगामी आर्थिक वर्षमा उक्त पदमार्गमा सूचना पाटीलगायत अन्य आवश्यक पूर्वाधारको निर्माण गरिने बताएको छ । करिब ३ किलो मिटर पदमार्ग निर्माणपछि नगरमा आन्तरिक तथा वाह्य पर्यटनको आवागमन भई स्थानीयको आर्थिक स्थितिमा टेवा पुग्नेमा नगर प्रमुख गिरीले विश्वास व्यक्त गर्नुभयो । उहाँले भविष्यमा अन्य स्थानमा पनि पदमार्ग र साईकल ट्रेलको निर्माण कार्य थालिने उल्लेख गर्नुभयो ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर चारको पानीघाटबाट सुरु भएर चन्द्रागिरि भञ्ज्याङसम्म पदमार्ग निर्माण भइरहेको छ । करिब २ करोडको लगानीमा यो पदमार्ग निर्माण भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय