काठमाडौं । थानकोट चित्लाङ सडक बैशाख २५ गतेदेखि २७ गतेसम्म पूर्णरुपमा बन्द भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ ले आज एक सूचना जारी गर्दै थानकोट चित्लाङ सहक खण्डको असीपौवा खोलादेखि देउराली भञ्ज्याङसम्म कालोपत्रे कार्य सुरुभएको सवारी साधनहरु पूर्णरुपमा बन्द गरिएको जनाएको हो ।

बीएसपी जेश्री महालक्ष्मी ज्वाइन्ट भेन्टर कम्पनीले उक्त सडक खण्डमा कालोपत्रे गर्ने जिम्मेवारी पाएको छ । वडाले तीन दिनसम्म उक्त सडक खण्डमा कालोपत्रेको काम हुने भएकाले सवारी साधन प्रयोगकर्ताहरुलाई वैकल्पिक मार्ग प्रयोग गरी सहयोग गरिदिन वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय