काठमाडौं । चन्द्रागिरि नगरपालिकाको थानकोटस्थित प्राथमिक अस्पताललाई अन्तर्राष्ट्रिय गैर सरकारी संस्था कोइका कानले अस्पतालको सामग्री सहयोग गरेको छ । कोरियन संस्था कोइका कानले अस्पताललाई लगभग साढे १४ लाख बराबरको २० प्रकारका अप्रेसनका सामग्री हस्तान्तरण गरेको हो ।
कोइकाको नेपालस्थित कोइका नेपालका नेपाल प्रमुख मोहेयन कोङगले नेपालमा कोइकाले नेपालका ग्रामिण भेगमा स्वास्थ्य सामग्री प्रदान गर्दै आएपनि सहरी क्षेत्रमा पहिलो पटक चन्द्रागिरि नगरपालिकामा स्वास्थ्य सामग्री प्रदान गरिएको बताउनु भयो ।



चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले १५ शैंयाको अस्पतालको भवन निर्माण हुँदै गरेको र छिट्टै नै बर्थिक अस्पतालको भवन पनि निर्माण हुने बताउनु भयो । उहाँले अहिले १५ शंैयाको अस्पताल २० करोडको लागतमा निर्माण भइरहेको र छिट्टै नै दातृ निकायको सहयोगमा १ अर्बको बजेटमा बर्थिङ सेन्टर निर्माण हुने जानकारी दिनुभयो ।
यस्तै चन्द्रागिरि नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले २०७६ सालमा स्थापना भएको थानकोट प्राथमिक अस्पताललाई पूर्णता दिन नगरको बजेटले मात्र सम्भव नहुने भन्दै दातृ निकायको सहयोग आवश्यक भएको बताउनु भयो । उहाँले अहिले संचालनमा आइरहेको प्राथमिक अस्पतालमा नगरपालिका बाहेक अन्य जिल्ला धादिङ, मकवानपुर र नुवाकोटका विरामीहरु पनि उपचारको लागि आउने गरेको जानकारीदिनुभयो । खड्गीले नेपालस्थित कोरियन प्रतिनिधिलाई अस्पताललाई दिइएको सामानको सहि सदुपयोग हुनेमा विश्वस्थ रहन र आगामी दिनमा पनि सहयोगको अपेक्षा रहने बताउनु भयो ।



