काठमाडौैं । दक्षिण अफ्रिका पहिलोपटक फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको हो । दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले निर्णायक गोल गरे । थापेलोले ६३औं मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो ।



चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिका पहिलोपटक समूह चरण पार गरेको हो । दक्षिण अफ्रिकाले ३ खेलबाट ४ अंक जोड्दै समूह उपविजेताको रुपमा नकआउटमा पुगेको छ । यसैगरी जारी विश्वकप २०२६ को सहआयोजक मेक्सिको ९ अंकसहित समूह विजेता बन्दै नकआउटमा स्थान बनाएको छ ।



