काठमाडौं- नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाई भेट गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा आगामी दिनमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।

भेटमा राजदूत पार्कले आफ्नो कार्यकालमा नेपाल सरकार तथा नेपाली जनताबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गरेका छन्। उनले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भएका विभिन्न सहकार्य र उपलब्धिहरूको स्मरण गर्दै आगामी दिनमा पनि नेपाल–कोरिया सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे।

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै दुई देशबीच आर्थिक, श्रम, शिक्षा, प्रविधि र जनस्तरको सम्बन्धलाई थप प्रभावकारी बनाउन निरन्तर सहकार्य आवश्यक रहेको बताए।

नेपालका लागि दक्षिण कोरिया महत्वपूर्ण विकास साझेदार राष्ट्रमध्ये एक हो। रोजगार अनुमति प्रणाली ९ईपीएस०, लगानी, प्रविधि हस्तान्तरण, शिक्षा तथा विभिन्न विकास परियोजनामार्फत दुई देशबीचको सहकार्य हुँदै आएको छ। बिदाई भेटका क्रममा दुवै पक्षले आगामी दिनमा आपसी हित र साझा चासोका विषयमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय