काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पदबाट राजीनामा नदिने बताउनुभएको छ ।
बागमती प्रदेश कांग्रेस संसदीय दलबाट आफू विरुद्धको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामाले दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने बताउनु भएको हो ।



संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने नभएको बताउँदै लामाले सरकार एउटा र संसदीय दल अर्काे पाटो भएको तर्क समेत गर्नुभयो । मुख्यमन्त्री हुनलाई दलको नेता नै हुनुपर्ने नभएकाले पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै कारण नभएको उहाँको दाबी छ । उहाँले दलको नेता रिक्त भएकाले नेता चयन प्रक्रिया अब सुरु हुने पनि बताउनुभयो ।



