काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ दहचोक क्षेत्रमा विद्यार्थी बोकेको हायस गाडी दुर्घटनामा परेको छ । बा २ ख १८९३ नम्बरको हायस सडकबाट अनियन्त्रित भई दुर्घटना हुँदा केही विद्यार्थी घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र नगरप्रहरीको सहयोगमा घाइते विद्यार्थीहरूलाई तत्काल उद्धार गरी बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपाल अस्पताल पु¥याइएको थियो । अस्पताल स्रोतका अनुसार घाइतेहरूको उपचार भइरहेको छ र अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



यस घटनाले विद्यालय समयमा सवारी साधनको सुरक्षा, चालकको सावधानी र सवारीको प्राविधिक परीक्षणको आवश्यकताप्रति फेरि ध्यानाकर्षण गराएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।



