दाङ । दाङको देउखुरीमा ट्रिपर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष १९ को मोटरसाइकलमा सवार सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरिक्षक डवल बहादुर बमले जानकारी दिएका छन् । थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँ निवासी वर्ष २२ को प्रचण्ड थापा घाइते भएका छन् । उनको भालुवाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आइतबार बिहान ६ बजेको समयमा चन्द्रौटा देखि पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको ट्रिपर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने ट्रिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय