काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल चितवनको देवघाट पुग्नुभएको छ । आज बिहान उहाँ देवघाट पुगेर योगी नरहरिनाथको तपस्थली अवलोकन गर्नुभएको हो ।
योगी नरहरिनाथवेद, वेदान्त, इतिहास, पुरातत्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् एवं आजीवन अन्वेषकका रूपमा चिनिनु हुन्छ । संस्कृत, हिन्दी र नेपाली भाषामा रचित योगी नरहरिनाथका कृतिहरू प्रकाशित छन् ।



दाहाल सोमबार गोरखा पुग्नुभएको थियो । उहाँ त्यहाँबाट फर्कने क्रममा देवघाट जानुभएको हो । उहाँ आजै काठमाडौं फर्किनु हुनेछ ।



