काठमाडौं । सरकारले दिवा खाजा कार्यक्रमको लागि रकम बढाएको छ । आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कक्षा–५ सम्मको दिवा खाजा कार्यक्रमको लागि १० अर्ब १९ करोड विनियोजन गरेको घोषणा गर्नुभयो ।
गत वर्ष सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड विनियोजन गरेको थियो । २ अर्ब बजेट थप भएसँगै १८ लाख विद्यार्थीहरू लाभान्वित हुने अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।



यस्तै, अर्थमन्त्री पौडेलले निःशुल्क स्यानेटरी प्याड वितरणको लागि १ अर्ब २९ करोड बजेट विनियोजन गरिएको र यसबाट १३ लाख छात्राहरु लाभान्वित हुने उल्लेख गर्नुभयो ।



