काठमाडौं । मनाङ प्रदेश सभा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको बाटो खुलेको छ ।
सर्वोच्च अदालतले मनाङ क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे पदमुक्त भएको भनि गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै उपनिर्वाचन प्रक्रिया अघि बढेको हो ।



निर्वाचन आयोगले यसअघि पूर्णपाठ नआएको भन्दै उपनिर्वाचनको मिति तोकेको थिएन ।



