काठमाडौं । सामाजिक सुरक्षा कोषको अनलाइन प्रणालीबाट प्रदान हुने सेवा दुई दिन अवरुद्ध हुने भएको छ । कोषले सूचना प्रकाशन गर्दै सूचना प्रणालीको परीक्षण गर्न लागिएकोले बिहीबार र शुक्रबार सेवा बन्द रहने जनाएको हो ।

सूचना प्रणालीलाई आपतकालीन अवस्थामा पनि सुरक्षित र सहज बनाउन प्राविधिक परीक्षणका कारण सेवा प्रभावित भएको कोषले जनाएको छ ।

आज दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र भोलि दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवा बन्द रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय