हुम्लाको चंखेली गाउँपालिका–४ देसीखोलामा शुक्रबार विहान एघार बजे बोलेरो जीप दुर्घटना परेका तीन जना घाइतेहरुको नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि अहिले प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको छ । घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उहाँको छोरा र चंखेली गाउँपालिका–४ की पार्वती सिराको उद्धार गरिएको हो । घाइते भएका अन्य चार जनाको उद्धारका लागि पुन अहिले उद्धार गरिएका पुर्याएर लिन आउने भएको स्थानीय धुर्ब शाहीले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका बाँकी चार जनाको अहिले उद्धार हुने भएको छ । सोही गाउँपालिका– ६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत जाने क्रममा जीप दुर्घटनामा परेको थियो ।

तीन जनाको घटनास्थमै मृत्यु
शुक्रबार दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बोलेरो जीप दुर्घटना हुदा मृत्यु हुनेमा चंखेली गाउँपालिका– ६ मनबीर बुढा, उहाँको छोरा र सिमकोट गाउँपालिका–८ की बसन्ती बुढाको मृत्यु भएको शाहीले बताउनुभयो । त्यहाँ रहेको प्रहरी चौकीका प्रहरी र सर्वसाधारण घटनास्थलमा पुगेर घाईतेको उद्धार गर्नु भएको थियो । ग्रामीण कच्ची सडकबाट जीप तीन सय मिटर तल खसेको थियो । कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जीप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय