काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा बसले ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा र अर्का एक जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको हो । ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय