काभ्रेपलाञ्चोकको नमोबुद्ध न.पा -२ बिस किलोमा स्कुटर एक आपसमा ठक्कर खादा नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टीपी शर्मा तिमलसिना गम्भिर घाइते भएका छन ।

शनिबार बिहान बीपी राजमार्ग सडक खण्डमा नार्के बाट काठमाण्डौ तर्फ जादै गरेको बा ६२ प ३५७८ नं. को स्कुटरले पूर्व नगरप्रमुख तिमलसिना सवार स्कुटर बा.प्र. ०३-०२-००७ प ८८०० लाई ठक्कर दीदा नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टीपी शर्मा तिमलसिना गम्भिर घाइते भएका हुन । टाउकोमा चोट लागेका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेले जानकारी दिए ।

टीपी शर्मा तिमलसिना उनको छोरा वर्ष ४६ को किशोर तिमल्सिनाले चलाएको स्कुटरमा पछाडि बसेर यात्रा गरेका थिए । किशोर तिमल्सिना भने सामान्य घाइते छन ।

बा ६२ प ३५७८ नं. को स्कुटर चालक दोलखा मेलुङ ३ घर भई हाल काभ्रेको रोशी ८ वस्ने वर्ष २६ को निमा तेम्वा थोकर सामान्य घाईते भई उपचारको लागी मेथिनकोट अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने चालक र स्कुटर प्रहरीको नितन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय