काठमाडौं । सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि बर्दिबासमा साइकल र्याली निकालिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको आयोजनामा बर्दिबास नगरपालिका, रोटरी क्लव अफ बर्दिबास, मधेश प्रदेश प्रहरी तथा जिल्ला प्रहरी महोत्तरी लगायत संघ संस्थाको सहयोगमा साइकल र्यालीको आयोजना गरिएको हो ।

‘तीव्र गति जीवन क्षति’, ‘सेफ ड्राइभ लङ लाइफ’, ‘सवारी चलाउँदा मोवाईलको प्रयोग नगरौं’, ‘ट्राफिक नियम मिचेकोमा गर्व हैन शर्म गरौं’ जस्ता सचेतनामूलक प्लेकार्डसहित बर्दिबास खुला चौरबाट सुरु भएको र्यालीले पूर्वपश्चिम लोकमार्ग, बर्दिबास–जलेश्वर मार्ग र बीपी राजमार्गका प्रमुख सडक चोकको परिक्रमा गरेको थियो ।

र्यालीमा बर्दिबास नगरपालिका, होटल तथा पर्यटन महासंघका प्रतिनिधि, नागरिक अभियान्तालगायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय